एजेन्सी । इटालियन क्लब नापोलीका स्ट्राइकर भिक्टर ओसिम्हेनलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
नापोलीले शुक्रबार कोरोना परिक्षणमा भिक्टरको नतिजा पोजेटिभ आएको जनाएको छ ।
नयाँ वर्ष र क्रिसमसको छुट्टिपछि फर्किएका भिक्टरको शुक्रबार कोरोना परिक्षण गरिएको थियो ।
उक्त परिक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना देखिएपछि भिक्टरलाई सेल्फ आईसोलेसनमा पठाईएको नापोलीले जनाएको छ ।
यस्तै नापोलीले भिक्टर टिमका अन्य खेलाडीसँग सम्पर्कमा नरहेको समेत जनाएको छ ।
कोरोना देखिएपछि नाइजेरियन स्ट्राइकरले एसी मिलान, रिजिका र रोमाविरुद्धको खेल गुमाउने भएका छन् ।