एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीविरुद्धको खेलमा म्यानचेस्टर सिटीका पहिलो रोजाईका पाँच खेलाडी उपलब्ध नहुने भएका छन् ।
कोरोना भाईरसको कारण चेल्सीविरुद्धको खेलमा सिटीका मुख्य ५ खेलाडी मैदान नउत्रने भएका हुन् ।
ग्राबियल जिसस र केली वाल्करसहित पाँच खेलाडीले चेल्सीविरुद्ध नखेल्ने गोलडटकमले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएपछि उनीहरु सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।
सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले समेत पाँच खेलाडी टिम बाहिर रहेको पुष्टि गरेका छन् ।
'पाँच खेलाडी अहिले टिम बाहिर छन् । उनीहरु १० दिनको सेल्फ आईसोलेसनमा छन्,' पत्रकार सम्मेलनमा ग्वार्डीओलाले भनेका छन् ।
यस्तै सिटीका दुई स्टाफमा समेत कोरोना देखिएको बताईएको छ ।
प्रिमियर लिग अन्तर्गत सिटीले जनवरी ३ मा चेल्सीसँग खेल्नेछ ।
खेल चेल्सीको घरेलु मैदानमा स्टामफोर्ड ब्रिजमा हुनेछ ।
लिगमा सिटी २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
चेल्सी २६ अंक जोडेर नै छैटौ स्थानमा रहेको छ ।