एजेन्सी । इंग्लिस क्लब आर्सनलका डिफेन्डर सिड कोलासिनाकलाई जर्मन क्लब साल्केले लोनमा अनुबन्धित गरेको छ ।
बुन्डेसलिगा क्लब साल्केले कोलासिनाकलाई यस सिजनको अन्तिमसम्मका लागि लोनमा अनुबन्ध गरेको हो ।
जनवरी ट्रान्सफर खुलेसँगै आर्सनलले उनलाई लोनमा जर्मन पठाएको हो ।
पछिल्लो समय कोलासिनाक आर्सनलको टिममा नियमित पर्न असफल भईरहेका थिए ।
'कोलासिनाक नियमित खेल्न चाहन्छन् । त्यसैले हामीले जर्मनी पठाउने निर्णय गरेका छौँ । जर्मनी फर्किदा उनलाई फाइदा हुनेछ,' आर्सनलका टेक्निकल डिरेक्टर एडुले भनेका छन् ।
बोस्निया एण्ड हर्जगोबिनाका डिफेन्डर पाँच वर्षपछि साल्के फर्किएका हुन् ।
लेफ्ट ब्याक कोलासिनाकले साल्केबाटै व्यवसायिक फुटबलको सुरुवात गरेका थिए ।
२७ वर्षीय डिफेन्डर सन् २०१७ मा आर्सनल आएका थिए ।
कोलासिनाकले आर्सनलका लागि १ सय ३३ खेल खेलेका थिए ।