एजेन्सी । प्रिमियर लिग फुटबलमा आज (शुक्रबार) राति दुई खेल हुँदैछ ।
नयाँ वर्षको पहिलो दिन म्यान्चेष्टर युनाईटेड र एस्टन भिल्ला तथा एभर्टन र वेस्ट ह्यामबीच प्रतिस्पर्धा हुदैछ ।
म्यान्चेष्टर युनाईटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा एस्टन भिल्लालाई आतिथ्यता प्रदान गर्दैछ । भिल्ला क्लबविरुद्ध जित निकाल्दै युनाईटेडलाई शीर्ष स्थानको लिभरपुलसंग अंक बराबरी गर्ने मौका रहेको छ ।
युनाईटेड शीर्ष स्थानको लिभरपुल भन्दा तीन अंकले मात्र पछि छ । यद्धपी ओल्डट्राफोर्ड क्लबले एनफिल्ड क्लब भन्दा एक खेल कम खेलेको छ ।
भिल्ला क्लबविरुद्ध मैदान उत्रदै गर्दा युनाईटेडले फरवार्ड ईडिन्सन काभानीलाई गुमाउनेछ । सामाजिक सञ्जालमा आपत्तीजनक शब्द प्रयोग गरेको भन्दै काभानी तीन खेलको प्रतिबन्धमा रहेका छन् । डिफेन्डर भिक्टोर लिन्डेलले उल्भ्सविरुद्धको खेल गुमाएका थिए । उनी भिल्ला क्लबविरुद्ध समेत अनुपस्थित रहनेछन् ।
एस्टन भिल्लाका टिरोन मिंग्स एक खेलको निलम्बन पार गर्दै युनाइेटडविरुद्ध उत्रन सक्नेछन् । चोटका कारण मैदान बाहिर रहेका रोस बार्कली युनाईटेडविरुद्ध फिट हुने अपेक्षा गरिएको छ ।
अर्को खेलमा एभर्टनले वेस्ट ह्याम युनाईटेडलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्नेछ । यस सिजन निकै लयमा रहेको एभर्टन समेत कम्तिमा तेस्रो स्थानमा उक्लिने लक्ष्यमा हुनेछ । सेफिल्ड युनाईटेडविरुद्ध अनुपस्थित रहेका रिचर्डलिसन एभर्टनको टिममा उपलब्ध हुनेछन् ।
चोटका कारण मैदान बाहिर रहेका जेम्स रोड्रिग्वेज वेस्ट ह्यामविरुद्ध देखिन सक्छन् । लुकास डिग्ने र एलन फेस केही हप्ता मैदान बाहिरै रहनेछन् ।
वेस्ट ह्यामका म्यानेजर डेभिड मोयससंग एभर्टनविरुद्ध पुरै टिम उपलब्ध हुनेछ । चोटका कारण आर्थर मासुका मात्र एभर्टनविरुद्ध नखेल्न सक्छन् । वेस्ट ह्याम २३ अंक सहित तालिकाको दशौं स्थानमा छ । एभर्टन २९ अंक सहित तालिकाको चौथो स्थानमा छ ।