एजेन्सी । म्यान्चेष्टर युनाईटेडका फरवार्ड ईडिन्सन काभानीलाई तीन खेलको प्रतिबन्ध सहित आर्थिक जरिवाना गरिएकाे छ ।
सामाजिक सञ्जालमा आपत्तीजनक शब्द पोस्ट गरेको भन्दै ३ खेलको प्रतिबन्ध सहित १ मिलियन पाउण्ड आर्थिक जरिवाना गरिएको हो ।
३३ वर्षिया उरुग्वेका फरवार्डले अपमानजनक र अनुचित शब्द उपयोग गर्ने आरोपमा फुटबल एसोसियनले दोषी ठहर गरेको छ ।
काभानीले गत नोभेम्बर २९ मा साउथह्याम्टनविरुद्ध गोल गरेपछि सामाजिक सञ्जालमा एक आपत्तीजनक पोस्ट गरेका थिए ।
विवादमा आएपछि काभानीले पोस्टलाई हटाएर माफी समेत मागेका थिए ।
प्रतिबन्ध र जरिवानापछि काभानीले शिक्षाको कार्यक्रम लिन अनिवार्य गरिएको छ ।
काभानीको प्रतिबन्ध तत्काल लागु हुने बताईएको छ । जसका कारण काभानीले नयाँ वर्षको दिनको प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्धको खेल गुमाउनेछन् ।
यस्तै, ईपीएल कपको सेमिफाईनलमा म्यान्चेष्टर सिटी र एफ ए कपको तेस्रो चरणको खेलमा वाटफोर्डविरुद्ध काभानी उपलब्ध हुने छैनन् ।