एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई अग्रता बढाउने अवसर छ ।
आईतबार राति वेष्ट ब्राेमलाई एनफिल्डमा आतिथ्यता प्रदान गर्दै गर्दा लिभरपुल लिग तालिकामा स्पष्ट ५ अंकको अग्रता बढाउने ध्याउन्नमा हुनेछ ।
लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले मुख्य फरवार्ड मोहमद सलाहालाई प्लेईङ सेटमा उतार्न सक्नेछन् ।
घरेलु टोलीले जेम्स मिल्नर र जर्दान साकिरीको फिटनेसको जाँच गरिरहेको छ । तर मिडफिल्डर थियागो अल्कान्टारा मैदान देखिन सम्भावना पनि उस्तै छ ।
यता, रेलिगेशन जोनबाट उम्किन खोजिरहेको वेस्ट ब्रोमसमेत तीन अंक हासिल गर्न घरेलु टोलीसंग सक्दो प्रयास गर्नेछ । क्लबलाई मुख्य समस्या कप्तान जाकी लिभरमोरको हुनेछ । एस्टन भिल्ला रातो कार्ड खाएका उनी तीन खेलको प्रतिबन्धमा छन् । म्याथ्युस परेराको आगमनले पाहुना टोलीलाई केही राहत दिन सक्नेछ ।
अर्को खेलमा टोटेनहम भने उल्भ्सको भ्रमणमा निस्कदैछ । नयाँ सिजनमा शानदार सुरुवात गरेको टोटेनहमको पछिल्लो समय लय बिग्रिएको छ । फरवार्ड लाईनमा ह्यारी केन र सन ह्युङ मिनको जोडी समय जम्न सकेको छैन । बेलको आगमन समेत टोटनहमलाई सुखद बन्न सकेको छैन ।
यता घरेलु टोली उल्भ्स टोटेनहमलाई निराश बनाउँदै अंक तालिकामा सुधार गर्न चाहन्छ । १७ औं स्थानमा रहेको उल्भ्स मिडफिल्डर लिएन्डर डेन्डोनेकरको चोटलाई लिएर गम्भिर छ ।
चेल्सीविरुद्धको खेलमा चोट बोकेका उनी सोमबार वर्नलीविरुद्धको खेल समेत गुमाएका थिए । डिफेन्डर जोनी र फरवार्ड राउल जिमेनेजको लामो समयको चोटले उल्भ्स तनावमै छ ।
टोटेनहमले बुधबार प्राप्त जितमा टिममा सात परिवर्तन गरेको थियो । प्रशिक्षक जोसे मौरिन्हो सोही परिवर्तन उल्भ्सविरुद्ध समेत गर्न सक्नेछन् । जियोवानी लो सेलो चोटका कारण टोटेनहमको टोलीमा रहने छैनन् । डिफेन्डर जफेट तान्गंगाले समेत आईतबार रातिको खेल गुमाउनेछन् ।
अन्य खेलमा लिड्स वर्नलीको भ्रमणमा निस्कदा रेलिगेशन जोन नजिक रहेको ब्राइटोनलाई वेस्ट ह्यामले आतिथ्यता प्रदान गर्नेछ ।