काठमाडौँ। मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सलाई १४५ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको मुम्मईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको हो।
मुम्बईका नेहाल वढेराले सर्वाधिक ४६ रन बनाए। ४१ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।
इशान किशन ३२ रनमा आउट हुँदा टिम डेभिडले अविजित रहँदै ३५ रन बनाए। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
लखनउका मोहसिन खानले सर्वाधिक २ विकेट लिए। मार्कस स्टोयनिस, नवीन उल हक, मयंक यादव र रवि बिश्वोईको नाममा १/१ विकेट रह्यो।