एजेन्सी । सेफिल्ड युनाईटेडलाई हराउँदै एभर्टन प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
शनिबार राति सेफिल्डको घरेलु मैदानमा एभर्टनले १–० को जित निकालेको हो ।
खेल सकिन १० मिनेट अघि जेल्फी सिगर्डसनको गोलनै एभर्टनलाई तीन अंक दिलाउन पर्याप्त बन्यो ।
प्रशिक्षक कार्लोस एन्सेलोटीको टिमले लगातार चार खेलमा जित निकल्न सफल भएको छ ।
कारबाओ कपको क्वार्टरफाईनलमा पराजित बनेपछि प्राप्त जितले एभर्टनलाई राहत दिएको छ ।
प्रशिक्षक एन्सेलोटीले आफ्ना लागि तीन अंक निकै महत्वपुर्ण रहेको बताए ।
‘मैले निकै राम्रो महशुश गरेको छु । किनकी हामीसंग धेरै समस्या छन् । यो अवस्थामा धेरै खेलाडी बाहिर छन् । तर टिमको गति निकै मजबुद छ । म खेलाडीप्रति निकै अनुग्रही छु ।’ एन्सेलोटीले भनेका छन् ।
दोस्रो स्थानमा उक्लिएको एभर्टनले २९ अंक जोड्यो । शीर्ष स्थानको लिभरपुलको ३१ ऋंक छ । सेफिल्ड युनाईटेड २ अंक सहित तलिकाको पुछारमा छ ।