काठमाडौँ। अल हिलाल किङ्स कपको उपाधिनजिक पुगेको छ। किङ्स अब्दुल्लाह स्पोर्ट्स सिटीमा मंगलबार राति सम्पन्न सेमिफाइनलमा घरेलु टोली अल इतिहादलाई २-१ गोल अन्तरले पराजित गर्दै हिलाल उपाधिनजिक पुगेको हो।
खेलको २५औँ मिनेटमा माइकलले गोल गर्दै हिलाललाई शुरूआती अग्रता दिलाए।
तर, ४२औँ मिनेटमा हिलाल १० खेलाडीमा समेटियो। सर्गेज मिलिन्कोविकले सिधै रातो कार्ड पाए। ६७औँ मिनेटमा अब्देराजक हमदल्लाहले गोल गर्दै इतिहादलाई खेलमा फर्काए।
तर, ८१औँ मिनेटमा साउद अब्दुलहमिदले गोल गर्दै हिलाललाई फाइनलमा पुर्याए।