काठमाडौँ। मुम्बई इन्डियन्सलाई पराजित गर्दै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष तीनमा उक्लिएको छ।
मंगलबार राति सम्पन्न खेलमा लखनउले मुम्बईले ४ विकेटले पराजित गरेको हो। १० खेल खेलेको लखनउ १२ अंकसहित तेस्रो स्थानमा रहेको छ। पराजित मुम्बई समान खेलबाट ६ अंक जोड्दै नवौँ स्थानमा यथावत् छ।
मुम्बईले दिएको १४५ रनको लक्ष्य लखनउले ४ बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा गरेको हो। लखनउका मार्कस स्टोयनिसले सर्वाधिक ६२ रन बनाए। ४५ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे।
कप्तान केएल राहुल २८ र दीपक हुड्डा १८ रनमा आउट हुँदा निकोलस पूरन १४ रनमा अविजित रहे। मुम्बईका हार्दिक पाण्ड्याले सर्वाधिक २ विकेट लिए। नुवान तुषारा, जेराल्ड कट्जी र मोहम्मद नबीको नाममा १/१ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनायो। मुम्बईका नेहाल वढेराले सर्वाधिक ४६ रन बनाए। ४१ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।
इशान किशन ३२ रनमा आउट हुँदा टिम डेभिडले अविजित रहँदै ३५ रन बनाए। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
लखनउका मोहसिन खानले सर्वाधिक २ विकेट लिए। मार्कस स्टोयनिस, नवीन उल हक, मयंक यादव र रवि बिश्वोईको नाममा १/१ विकेट रह्यो।