एजेन्सी । लियोनल मेसीले नयाँ अनुबन्ध गरोस अथवा नगरोस, एउटा तथ्य भने निश्चित जस्तै छ, बार्सिलोनाले आफ्नो क्लब इतिहासकै सबैभन्दा ठूला स्टार गुमाउने समय नजिक आउँदैछ । यसपल्टको सिजन सुरु हुन अगाडि ३३ वर्षीय मेसीले क्लबलाई सनसनीपूर्ण रूपमा बताएका थिए, ‘म बार्सिलोना छाड्न चाहन्छुं ।’
क्लब अध्यक्ष जोसेफ मारिया बारटोमउले राजीनामा दिएपछि केही आश भने जागेको छ, यी अर्जेन्टिनी स्टार बार्सिलोनामै रहने । तर अहिलेसम्म मेसीसँगको अनुबन्ध नवीकरण गर्न दुवै पक्षबाट निर्णायक पहल भएको छैन । क्लबका नयाँ अध्यक्षले मेसीलाई फकाउन पनि सक्छन्, यो सिजनको अन्त्यमा समाप्त हुने अनुबन्ध बढाउन ।
तर रोनाल्ड कोम्यानको टिमले यस सिजन कुनै ठूलो उपाधि जित्ने कुनै छाँट देखाएको छैन । बार्सिलोनाको टिम अहिले जत्तिकै रहने हो भने केही वर्षमा बार्सिलोनाले ठूला उपाधिका लाग बलियो चुनौती पेस गर्ने छाँट पनि छैन । त्यसैले प्रश्न तेर्सिएको छ, मेसीले बार्सिलोना छाडेपछि उनको स्थान लिने को त ?
हामीले यसका लागि केही विकल्प तयार पारेका छौं । जस्तो,
लउटारो मार्टिनेज
इन्टर मिलान फरवार्ड लउटारो मार्टिनेजमा बार्सिलोनाको रूचि अहिलको होइन्, मेसीले स्थानान्तरणका लागि अनुरोध गर्न अगाडि नै यो तथ्य बाहिर आइसकेको थियो । उनी खुबै सम्भावना बोकेका खेलाडी हुन् । अर्जेन्टिनी यी २३ वर्षीय खेलाडीको इन्टरसँग २०२३ सम्मका लागि अनुबन्ध बाँकी छ ।
नेयमार
सायद मेसीको सबैभन्दा ठूलो विकल्प नेयमार हुन सक्छन् । यी ब्राजिली खेलाडी फेरि नु क्याम्प फर्कन्छन् भने हल्ला पनि अहिलेको होइन् । सन् २०१७ मा उनी कीर्तिमान अनुबन्धमा बार्सिलाना छाडेर पेरिस सेन्ट जर्मेन पुगेका थिए । बार्सिलोनालाई फेरि नेयमार किन्न पर्याप्त खर्च भने गर्नु पर्नेछ ।
मोहम्मद सलाह
बार्सिलोना आफै आर्थिक समस्याबाट गुज्रिरहेका छन् । यदी यस्तो नहुँदो हो त मेसीको स्थानमा क्लबमा राम्रो विकल्प मोहम्मद सलाह पनि हुन सक्नेछन् । इजिप्टका २८ वर्षीय खेलाडी अहिले आफ्नो खेल जीवनको सबैभन्दा उत्कृष्ट मोडमा छन् । फेरि अहिले उनी लिभरपुलमा खुसी छैनन् भन्ने समाचार पनि आइरहेको छ ।
अन्सु फाटी
बार्सिलोनासँग एउटा राम्रो विकल्प भने आफ्नो टिम भित्र छ र उनी हुन्, अन्सु फाटी । बार्सिलोनाको पहिलो रोजाईको टिममा केही समय बिताएयता उनले आफूलाई उपयोगी सावित गरेका छन् । पछिल्लो समय भने उनी चोटबाट मुक्त हुन संघर्ष गर्दैछन् । तर उनी किशोर उमेरमै छन्, उनको भविष्यबाट यस्तै हुनेछ भनेर ठ्याक्कै भन्न सकिन्न ।
–स्पेनी फुटबल पत्रिका मार्काबाट अनुवाद गरिएको सामग्री ।