एजेन्सी । म्यान्चेष्टर सिटीका फरवार्ड ग्याब्रियल जिसस र डिफेन्डर केएल वाल्करलाई कोरोना संक्रमण देखिएको छ ।
खेलाडी सहित सिटीका थप दुई कर्मचारीलाई संक्रमण देखिएको हो ।
संक्रमित खेलाडी तथा कर्मचारीलाई प्रिमियर लिग र सरकारको मापदण्ड अनुसार एकान्तवासमा राखिएको छ ।
दुवै खेलाडीले प्रिमियर लिगको आगामी खेल गुमाउने सम्भावना रहेको छ ।
सिटीले डिसेम्बर २६ मा न्युक्यासल युनाईटेड, त्यसको दुई दिनपछि एभर्टन र जनवरी ३ मा चेल्सीसंग खेल्दैछ ।
जिससलाई सर्जियो अग्योरोेले स्थानान्तरण गर्नेछन् । उनी चोटका कारण पछिल्लो समय मैदान बाहिर थिए । उनले गत मंगलबारमात्र १६ मिनेट मैदानमा बिताएका थिए ।
ईङ्ल्याण्डका डिफेन्डरले गत मेमा कोरोनाको मापदण्ड तोडेको भन्दै माफ मागेका थिए ।
सिटी प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल भन्दा ८ अंकले पछि छ ।