एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बायार लेवरकुसनले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा लेवरकुसनले साल्केलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
साल्केको मैदानमा लेवरकुसनलाई जित दिलाउन जुलियन र प्याट्रिकले एक एक गोल गरे ।
लेवरकुसनले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको १० औं मिनेटमा मालिक थिवोको आत्मघाती गोलबाट लेवरकुसनले अग्रता बनाएको थियो ।
खेलको ६७ औं मिनेटमा जुलियनले गोल गर्दा लेवरकुसन २-० ले अघि रह्यो ।
७२ औं मिनेटमा साल्केका स्टिभीनले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार लेवरकुसनका गोलकिपरले बचाए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा प्याट्रिकले गोल गर्दै लेवरकुसनलाई ३-० को जित दिलाए ।
जितसँगै लेवरकुसन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
लेवरकुसनले १० खेलमा २२ अंक जोडेको छ ।
साल्के ३ अंक जोडेर पुछारमा रहेको छ ।