एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले आज ओसासुनासँग खेल्दैछ ।
बार्सिलोनाले घरेलु मैदानमा ओसासुनाको सामना गर्नेछ । बार्सिलोना र ओसासुनाबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा बार्सिलोना सहज जित निकाल्ने लक्ष्यमा हुनेछ ।
यस सिजन खराब लयमा रहेको बार्सिलोना १४ औं स्थानमा रहेको छ । बार्सिलोनाले ८ खेलमा ११ अंक मात्र जोडेको छ ।
घरेलु मैदानमा जित निकाल्दै बार्सिलोना अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
ओसासुना ११ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
बार्सिलोनालाई हराएर ओसासुना पनि अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
यस्तै लिग लिडर रियल सोसिडाडले घरेलु मैदानमा भिल्ला रियलसँग खेल्नेछ ।
यस्तै गेटाफेले एथ्लेटिक बिल्बाओसँग खेल्दा सेल्टा भिगोले ग्रानडासँग खेल्नेछ ।