एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर फेर्नानडिन्हो करिब ६ हप्ता मैदान बाहिर रहने भएका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत पोर्चुगिज क्लब पोर्टोसँगको खेलमा खुट्टाको चोट बोकेपछि फेर्नानडिन्हो लामो समय मैदान बाहिर रहने भएका हुन् ।
घरेलु मैदानमा पोर्टोलाई ३-१ ले पराजित गरेको खेलमा ब्राजिलियन मिडफिल्डरले चोट बोकेका थिए ।
सिटीका मुख्य प्रशिक्षक् पेप ग्वार्डीओलाले फेर्नानडिन्हो ४ देखि ६ हप्ता मैदान बाहिर रहने बताए ।
३५ वर्षीय फेर्नानडिन्हो चोटको कारण ८५ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
फेर्नानडिन्होले चोट बोकेपछि सिटीको चोट बोक्ने खेलाडीको सूचीमा थप खेलाडी थपिएका छन् ।
मिडफिल्डर केभिन डी ब्रुएन, फरवार्ड ग्राबियल जिसस, डिफेन्डर एम्रिक लापोर्टे र बेन्जामिन मेन्डी चोटक कारण मैदान बाहिर रहेका छन् ।