एजेन्सी । यूईएफए प्लेयर अफ दि इयर अवार्डको मनोनयन सार्वजनिक भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सार्वजनिक गरेको मनोनयनमा तीन खेलाडी परेका छन् ।
मनोनयनमा म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र मानुएल नुएर रहेका छन् ।
यूईएफएले सार्वजनिक गरेको मनोनयनमा पहिलो पटक लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो परेका छैनन् ।
बार्सिलोनाका मेस्सी र युभेन्ट्सका रोनाल्डो पछिल्लो १० वर्षमा पहिलो पटक मनोनयनमा नपरेका हुन् । यस अघि उनीहरु लगातार पर्दै आएका थिए ।
महिलाको प्लेयर अफ दि इयर अवार्डका लागि ओलम्पिक लुसी ब्रोन्ज, पेर्निल हार्डेर र वेन्डी रिनार्ड परेकी छिन् ।
कोच अफ दि इयर अवार्डका लागि पुरुषतर्फ बायर्नका हान्स डीटर, लिभरपुलका योर्गेन क्लोप र लाइपजिगका जुलियन मनोनयनमा परेका छन् ।
महिलातर्फ बार्सिलोनाका लुइस कोर्टिस, उल्फवर्गका स्टेपहान लेर्च र ओलम्पिक लियोनेसका जिन लुक मनोनयनमा परेका छन् ।
अवार्ड आगामी अक्टोबर १ मा प्रदान गरिनेछ ।