एजेन्सी । एस्टन भिल्लाका फरवार्ड केनान डेभिसले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
इंग्लिस फरवार्ड डेभिसले क्लबमा थप चार वर्ष बस्ने गरी नयाँ सम्झौता गरेका हुन् ।
नयाँ सम्झौतासँगै डेभिस २०२४ सम्म एस्टनमा रहने छन् ।
२२ वर्षीय डेभिस २०१६ मा एस्टन आएका थिए ।
गत सिजन उनले १८ प्रिमियर लिग खेल खेलेका थिए ।
इंग्ल्यान्डको यू-२० टोलीबाट खेलिसकेका डेभिसले गत सिजन लिग कपमा मात्र एक गोल गरेका थिए ।