एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले आइसल्याण्डका गोलकिपर एलेक्स रुनार्सनलाई अनुबन्धन गरेको हो ।
आर्सनलले फ्रेन्च क्लब डिजोनबाट गोलकिपर एलेक्सलाई अनुबन्धित गरेको हो ।
२५ वर्षीय गोलकिपरले आर्सनलसँग ४ वर्षको सम्झौता गरेका छन् ।
इमिलियानो मार्टिनेज क्लब छाड्दै एस्टन भिल्ला गएपछि आर्सनलले एलेक्सलाई अनुबन्ध गरेको हो ।
एलेक्सले गत सिजन लिग वान क्लबबाट १३ खेल खेलेका थिए ।
एलेक्स सन् २०१८ मा डिजोन आएका थिए ।
उनले आइसल्याण्डका लागि ५ खेल खेलिसकेका छन् ।