एजेन्सी । प्रिमियर लिग क्लब आर्सनलका डिफेन्डर हेक्टर बेलरिनले लिग टु क्लब फरेस्ट ग्रीन रोभर्समा लगानी गरेका छन् ।
हेक्टरले क्लबको दोस्रो ठुलो शेयर धनीको रुपमा रोभर्समा लगानी गरेका हुन् ।
रोभर्स फिफा र युनाइटेड नेसनले विश्वकै सबैभन्दा बढी वातारणमैत्री टिमको रुपमा मान्यता दिएको क्लब हो ।
सन् २०१७ मा रोभर्स विश्वकै पहिलो कार्बन न्युट्रल स्पोर्ट्स क्लब घोषित भएको थियो ।
'फरेस्ट ग्रीन रोभर्समा सामेल हुने अवसर पाउदा म उत्साहित भएँ । र, क्लबले गरिरहेको शानदार काम मैले पनि महत्वपूर्ण बनाएको छु । फुटबललाई माथि लैजान म तयार छु,' हेक्टरले भनेका छन् ।
स्पेनका २५ वर्षीय डिफेन्डर पछिल्लो समय हरित क्रान्तिमा सामेल हुँदै आएका छन् ।
हालै हेक्टरले अमेजनमा ६० हजार रुख रोप्नका लागि चन्दा संकलन गरेका थिए ।