एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका खेलाडी र कोचिङ स्टाफसहित ४ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
एट्लेटिकोले बुधबार आफ्ना खेलाडी र कोचिङ स्टाफसहित ४ जनामा कोरोना देखिएको जनाएको छ ।
वुमन्स कोरोना देखिएका चारै जना क्वारेन्टिनमा रहेको एट्लेटिकोले जनाएको छ ।
च्याम्पियन्स लिगको तयारीमा रहेको एट्लेटिकाका खेलाडीमा कोरोना देखिएको हो ।
खेलाडीमा कोरोना देखिएसँगै एट्लेटिकोले टिमको प्रशिक्षण समेत स्थगित गरेको छ ।एट्लेटिको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा अगस्ट २१ गते बार्सिलोनासँग खेल्दैछ ।
यस अघि एट्लेटिकोका दुई पुरुष खेलाडीलाई समेत कोरोना देखिएको थियो ।