एजेन्सी । इंग्लिस क्लब टोटेनहमले डेनिस मिडफिल्डर पिएर एमिल होएबिएरलाई अनुबन्ध गरेको छ ।
टोटेनहमले मिडफिल्डर होएबिएरलाई साउथह्याम्पटनबाट क्लब भित्र्याएको हो ।
२५ वर्षीय मिडफिल्डरले टोटेनहमसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
उनलाई टोटेनहमले करिब १५ मिलियन पाउण्डमा अनुबन्ध गरेको बताईएको छ ।
होएबिएर मुख्य प्रशिक्षक जोसे मोरिन्होको यस समरको पहिलो अनुबन्ध हो ।
डेनमार्क राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य होएबिएरले साउथह्याम्पटनका लागि १ सय ३४ खेलमा ५ गोल गरेका थिए ।
उनी जर्मन क्लब बायर्न म्युनिखबाट सन् २०१६ मा साउथह्याम्पटन आएका थिए ।