एजेन्सी । डच क्लब आयाक्सका मिडफिल्डर हाकिम जिएच इन्ग्लिश क्लब चेल्सी आउने पक्का भएको छ ।
मोरक्कोका मिडफिल्डर हाकिम अनुबन्धका लागि चेल्सी र आयाक्सबीच सहमति भएको छ । दुई क्लबको सहमतिसँगै हाकिम आउने समरमा चेल्सीका खेलाडी हुनेछन् ।
चेल्सीसँग २६ वर्षीय हाकिमको औपचारिक अनुबन्ध सम्झौता आगामी जुलाईमा हुनेछ ।
चेल्सीले अनुबन्धको सम्पूर्ण प्रक्रिया पुरा भएको र सिजनको अन्त्यसँगै हाकिम टिममा हुने जनाएको छ ।
चेल्सीले हाकिमलाई ४० मिलियन युरोमा अनुबन्ध गरिएको बताईएको छ ।