पुनर्वास । आयोजक पुर्नवास नगरपालिका निलो प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको पहिलो सेमिफाइनलमा वेलौरी नगरपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै पुर्नवास निलो उपाधि नजिक पुगेको हो ।
पुनर्वासको जितमा विशाल बोहोराले दुई गोल गरे । यस्तै सुदिप तामाङले थप एक गोल गरे । वेलौरीका लागि दिपेन्द्र शाहीले एक गोल फर्काए ।
अब उपाधिका लागि पुर्नवासले गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले ३ लाख नगद प्राप्त गर्दा दोस्रोले २ लाख नगद पाउने छन् । प्रतियोगिताको बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारले पुरस्कृत गरिने छ ।