काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले संकटा क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफसम्म संकटाले ३-० को अग्रता बनाएको छ ।
खेलको पाँचौं मिनेटमा मेसौकेले गोल गर्दै संकटालाई अग्रता दिलाए । ३३ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ३७ औं मिनेटमा सुवास गुरुङले गोल गर्दै संकटालाई ३-० को अग्रता दिलाएका हुन् ।
आज संकटा जित निकाल्दै लिगको सुखद अन्त्य गर्न चाहन्छ ।
रेलिगेसनमा परिसकेको सरस्वती पनि जित निकाल्दै सुखद बिदाई लिन चाहन्छ ।