काठमाडौं । सहिद स्मारक 'ए डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल अन्तर्गत अहिले विभागीय टिम नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेका छन् ।
दुवै टोलीले पहिलो हाफमा पाएको केहि अवसरलाई सदुपयोग गर्न सकेनन् ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
पुलिस र फ्रेन्ड्स दुवै शीर्ष ६ का दाबेदार टिम हुन् । तर फ्रेन्ड्सको शीर्ष ६ मा रहदै राष्ट्रिय लिग खेल्ने गणितिय सम्भावना मात्र रहेको छ ।
पुलिस भने फ्रेन्ड्सबिरुद्व जित निकाल्दै शीर्ष ६ को दौडमा आफुलाई सुरक्षित गर्न चाहन्छ । फ्रेन्ड्स १४ अंक सहित तालिकाको दशौं स्थानमा छ । पुलिस भने १७ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।