पुनर्वास । गोदावरी नगरपालिका र बेलौरी नगरपालिका प्रथम मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कंचनपुरको पुनर्वासमा बुधबार महाकाली नगरपालिकालाई ४–१ ले पराजित गर्दै गोदावरीले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
गोदावरीलाई जित दिलाउन मनिराम चौधरीले ह्याट्रिक गरे। यस्तै अशोक चौधरीले एक गोल गरे । महाकालीका राम बहादुर बुढाले एक गोल फर्काए ।
यस्तै बेलौरीले बर्दीयाको मधुवन नगरपालिकालाई ३–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो ।
यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । अब फाइनल प्रवेशका लागि गोदावरी र धनगढी तथा बेलौरी र पुर्नवास निलोबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख नगद प्राप्त गर्दा दोस्रोले २ लाख नगद पाउने छन् । प्रतियोगिताको बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारले पुरस्कृत गरिने छ ।