काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले १-० गोलको अग्रता बनाएको छ ।
खेलको पाँचौं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाएका हुन् । भरतले जर्ज प्रिन्स कार्कीको क्रसमा हेड गोल गरेका हुन् ।
यस गोलसँगै भरतले 'ए' डिभिजन लिग फुटबलमा आफ्नो व्यक्तिगत ५० गोल पुरा गरेका छन् ।
आर्मी ब्रिगेडलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ । ११ खेलमा २६ अंक जोडेको आर्मी दोस्रो स्थानमा रहेको छ । ब्रिगेडलाई हराउँन सके आर्मी मछिन्द्र क्लबलाई पछि पार्दै शीर्ष स्थानमा उक्लने छ । उपाधि होड बलियो बनाउन पनि आर्मीलाई जित अत्यावश्यक रहेको छ ।
ब्रिगेड भने आर्मीलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्न चाहन्छ । ८ अंक जोडेको ब्रिगेड १२ औं स्थानामा रहेको छ ।