पुनर्वास । आयोजक पुर्नवास नगरपालिकाको रातो टीम र वेलौरी नगरपालिका प्रथम मेयर कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पुर्नवास नगरपालिकाको खेल मैदानमा सोमबार भएको पहिलो खेलमा वेलौरी नगरपालिकाले कैलारी गाउँपालिकालाई ३–० ले हरायो । वेलौरीको जितमा दिपेन्द्र शाहीले ह्याट्रिक गरे । वैलारीका दिपेन्द्र खेलको म्यान अफ द म्याच भए ।
यस्तै दोस्रो खेलमा आयोजक पुर्नवास नगरपालिका रातोले लालझाडी गाउँपालिकालाई २–० ले हरायो । पुर्नवासको जितमा फिलिप तामाङ र रोहित तामाङले एक एक गोल गरे । पुर्नवास रातोका फिलिप तामाङ म्यान अफ द म्याच भए ।
पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगितामा कैलाली कञ्चनपुर र वर्दियाका गरी १२ वटा स्थानीय तहका टिमले सहभागीता जनाएका छन् ।
प्रतियोगिताको विजेताले ३ लाख नगद प्राप्त गर्दा दोस्रोले २ लाख नगद पाउने छन् । प्रतियोगिताको बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारले पुरस्कृत गरिने छ ।