काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले संकटाविरुद्ध १-० गोलको अग्रता बनाएको छ ।
खेलको ४४ औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन् । रञ्जित धिमालको कर्नरले उनले हेड गोल गरे ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
मछिन्द्र जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ । दोस्रो स्थानको मछिन्द्रले ११ खेलमा २५ अंक जोडेको छ ।
संकटा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ । संकटा जित निकाल्दै शीर्ष ६ मा पुग्न चाहन्छ ।