काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले च्यासल युथ क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा च्यासलले १-० गोलको अग्रता बनाएको छ ।
खेलको १८ औं मिनेटमा जापानी खेलाडी ताइगा नाकामुराले गोल गर्दै च्यासललाई अग्रता दिलाएका हुन् ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
च्यासल जित निकाल्दै शीर्ष ६ मा पुग्ने लक्ष्यमा रहेको छ । ११ खेलमा १२ अंक जोडेको च्यासल लिगको दशौँ स्थानमा रहेको छ ।
सरस्वती भने च्यासललाई हराएर रेलिगेसनबाट बच्ने बाटो तय गर्न चाहन्छ । पुछारमा रहेको सरस्वतीको ११ खेलमा ४ अंक रहेको छ ।