काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले एपीएफ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले २-० को अग्रता बनाएको छ ।
एपीएफका लागि दुवै गोल आशिष लामाले गरे ।
खेलको १२ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ४० औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाए ।
एपीएफ जित निकाल्दै रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । फ्रेन्ड्स शीर्ष ६ का लागि दाबेदार प्रस्तुत गर्न चाहन्छ ।
५ अंक जोडेको एपीएफ पुछारबाट दोस्रो स्थानमा रहेको छ । १४ अंक जोडेको फ्रेन्ड्स नवौं स्थानमा रहेको छ ।