काठमाडौ । सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबबिरुद्व हिमालयन शेर्पा क्लबले अग्रता लिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा पहिलो हाफको खेल सकिदाँ शेर्पाले च्यासलबिरुद्व २–१ को अग्रता लिएको हो ।
खेलको २८ औ मिनेटमा शेर्पाका विजय श्रेष्ठले गोल गर्दै टोलीलाई अगाडी बढाएका थिए ।
त्रिदेव गुरुङले ३३ औं मिनेटमा शेर्पाको अग्रता दोब्बर बनाए । त्यसको चार मिनेटपछि च्यासलका हायातो वाकिनोले गोल गर्दै खेललाई २–१ को अन्तरमा झारे ।
शेर्पा क्लब जित हात पार्दै दुई खेल अगाडीनै रेलिगेशनबाट बच्न चाहन्छ । च्यासल भने शेर्पालाई हराउँदै शीर्ष ६ मा स्थान सुरक्षित गर्न चाहन्छ ।