काठमाडौं । तालिकाको पुछार नजिक रहेका हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब शनिबार भिड्दैछन् । लिगको ७५ औं खेलमा दुई टिम भिड्न लागेका हुन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विहान हुने खेल साढे ११ बजे सुरु हुनेछ ।
शेर्पा १० खेलबाट ७ अंक सहित तालिकाको १२ औं स्थानमा छ ।
यता, अन्तिम खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरको च्यासल समान खेलबाट १२ अंक सहित १० औं स्थानमा छ ।
रेलिगेशन क्षेत्रको सरस्वती भन्दा ३ अंकले अगाडी रहेपनि शेर्पा दबाबमा छ । उसलाई रेलिगेशन क्षेत्रबाट बाहिर निस्कन कम्तिमा एक जितको खाँचो रहेको छ । च्यासलविरुद्धको एक जितले शेर्पा ११ औं स्थानमा उक्लने छ ।
“च्यासलसँग खेल्न हामी तयार छौं । योजना अनुसार खेल्दै नतिजा आफ्नो पक्षमा पार्छौ ।” शेर्पाका प्रशिक्षक संजिब बुढाथोकी भन्छन् ।
अन्तिम खेलमा संकटासँग १–० गोल अन्तरले पराजित भएको शेर्पासँग तीन विदेशी खेलाडीको साथ छ ।
यता, अन्तिम खेलमा मनाङलाई पराजित गर्दै हौसिएको च्यासल शिर्ष ६ मा पर्न प्रयासरत छ । ठुला खेलाडी टिमका अनुवन्ध गरेर पनि सन्तुलित नजिता निकाल्न नसकेको च्यासल चौथो जितको खोजीमा हुनेछ ।
“शेर्पालाई सहज लग्दैनौ । शीर्ष ६ मा रहँन जित्नैपर्ने दबाब छ । सोहि अनुरुप खेल्छौं ।” टिम ब्यवस्थापक शंकर ब्यन्जनकार भन्छन् ।
राष्ट्रिय टिमका पुर्व स्ट्राइकर सन्तोष साहुखलको कप्तानीमा रहेको च्यासलको टिममा शनिबार सुनिल बलले पुनरागन गर्दैछन् । उनी चोटका कारण तीन खेलमा अनुपस्थित थिए ।
मनाङविरुद्ध दुई पहेलो कार्डका कारण प्रतिबन्धमा परेका भारतीय डिफेन्डर मोहम्मद आशिफपनि समावेश हुनेछन् । शेर्पाविरुद्ध दुई जापानीज सहित च्यासलसँग ३ विदेशी खेलाडी उपलब्ध हुनेछन् ।