एजेन्सी । प्रशिक्षक पेप ग्वार्डिओलाले बार्सिलोनाका स्टार लियोनल मेस्सीले स्पेनिस क्लबबाटै फुटबल करियर अन्त्य गर्ने बताएका छन् ।
मेस्सीलाई प्रियिमर लिग क्लब जोड्ने सुझावलाई अस्विकार गर्दै ग्वार्डिओलाले मेस्सीले बार्सिलोनाबाटै फुटबल करियर अन्त्य गर्ने आफुले विश्वास लिएको बताए ।
३२ बर्षका मेस्सीले करियरको अधिकांश समय बार्सिलोनामै बिताए । उनलाई समर ट्रान्सफरमा क्लब छाड्ने अनुमती छ ।
ग्वार्डिओलाले नाउ क्याम्पमा सन् २००८ देखि २०१२ सम्म मुख्य प्रशिक्षकको रुपमा बिताएका थिए । उसले बार्सिलोनाबाट तीन ला लिगा र दुई च्याम्पियन्स लिगको उपाधि समेत जितेका थिए ।
'उनी त्यही बस्नेछन् । मेरो पनि कामना त्यही छ ।' सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने ।
ग्वार्डिओलाले बार्सिलोनाको सर्वाधिक सफल प्रशिक्षकको रुपमा जर्मन क्लब बार्यन म्युनिख गएका थिए । उनले चार सिजनमा बार्सिलोनाबाट १४ उपाधि जितेका थिए ।
उनले जर्मनमा लगातार तीन लिग उपाधि जितेका थिए । र पछिल्ला दुई सिजन सिटीबाट प्रियिमर लिगको उपाधि जितेका थिए । तर चालू सिजन प्रिमियर लिगमा लिभरपुलले २२ अंकको अग्रता लिएको छ । र लिगमा १३ खेल मात्र बाँकी छ ।
मेस्सीले ६ पटक बालेन डी ओरको उपाधि जितेका छन् । उनले १० लिग उपाधिसंगै चार च्याम्पिन्स लिगको उपाधि उचालेका छन् । उनको क्लबसंगको सम्झौता सन् २०२१ सम्म रहेको छ ।
उनले यसै हप्ता क्लबका स्पोर्टिङ डिरेक्टर ईरिक एबिडालको आलोचना गरेका थिए । फ्रेन्च खेलाडी समेत रहेका एबिडालले प्रशिक्षक ईर्नेस्टो भाल्भर्डेको नेतृत्वमा क्लबका खेलाडीले खासै मेहनत नगरेको बताएका थिए ।
बार्सिलोना लिगमा शीर्ष स्थानको रियल मड्रिड भन्दा मात्र तीन अंकले पछाडी छ । प्रशिक्षक ग्वार्डिओलाले मेस्सी र एबिडालको बिषयमा टिप्पणी गर्न अस्विकार गरेका छन् । स्पोर्टिङ डिरेक्टरसंगको विवादपछि मेस्सीले क्लब छाड्न सक्ने अनुमान गरिदै छ ।
तर ग्वार्डिओलाले भने मेस्सीले बार्सिलोनामै आफ्नो करियर सक्ने बताउँछन् ।