काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी रहेको गोकुलम केरेला समूह विजेता बन्दै भारतमा जारी हिरो महिला लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बैंगलोरमा शुक्रबार भएको समूह चरणको अन्तिम विदेश-११ एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै गोकुलम समूह विजेता बनेको हो ।
गोकुलमको जितमा कमला देवी, सावित्रा भण्डारी, उमापथी, क्रिश्माले एक एक गोल गरिन् । गोकुलमले एक आत्मघाती गोलको उपहार पाएको थियो ।
विदेश-११ विरुद्ध एक गोलसँगै सावित्राले लिगमा ५ खेलमा १६ गोल गर्न सफल भएकी छिन् ।
जितसँगै गोकुलमले ५ खेलमा १५ अंक जोडेको छ । र, गोकुलम समूह 'बी' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।