काठमाडौं । नेपाल पुलिस क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको पाँचौं स्थानमा उक्लिएको छ ।
सातदोबाटोमा शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै पुलिस शीर्ष पाँचमा उक्लिएको हो ।
एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन भरत साहले निर्णायक गोल गरे । खेलको २९ औं मिनेटमा भरतले गोल गर्दै पुलिसलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।
खेलमा पुलिसका तेज तामाङ म्यान अफ दि म्याच चुनिए ।
जितसँगै पाँचौं स्थानमा उक्लिएको पुलिसले ११ खेलमा १७ अंक जोडेको छ ।
ब्रिगेड ११ खेलमा ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
ब्रिगेडलाई हराएपछि पुलिसका प्रशिक्षक अनन्त राज थापाले सुपर सिक्सको लक्ष्यमा केहि सहज भएको बताए ।
'सुरुमा ठिकै खेल भयो । गोल गरेपछि दबाब भयो । अग्रता जोगाउन खेल्दा गार्हो भयो,' उनले भने, 'मुख्य कुरा डिफेन्स नहुदा कठिन भयो । हाम्रो लक्ष्य सुपर सिक्स रहेको छ ।'
ब्रिगेडका प्रशिक्षक अर्बिन गुरुङले टोलीलाई भाग्यले साथ नदिएको बताए ।
'आज भाग्यले साथ दिएन । पोजिसन पकड बनाएपनि गोल भएन । गोल पनि खराब ब्यहोर्यों,' उनले भने, 'राम्रो खेलेर हारेका छौँ । अनिल गुरुङलाई मिस गर्यौ । रेलिगेशन डर अझै छ ।'
पुलिस प्लेईङ सेट -
अजित भण्डारी, निर कुमार राई,रोशन खड्का,अन्जन राई,विशाल बस्नेत, तेज तामाङ, हेम तामाङ,रबि पासवान,भरत साह, मान बहादुर परियार,बुद्ध बल तामाङ
ब्रिगेड प्लेईङ सेट -
जया गुरुङ, मनोज राई,पदम भट्टराई,रन्दिप पौडेल,विजय गुरुङ, विशाल सुनार,ऋतिक कुमार खड्का,सुलभ मास्के, रोशन राना मगर, शिशिर लेखि,बुसाकी