काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्समा जारी खेलमा पुलिसले १-० को अग्रता बनाएको छ । खेलको २९ औं मिनेटमा भरत साहले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका हुन् ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।