एजेन्सी । म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्ट्रर्लिङले प्रिमियर लिग अन्तर्गत वेष्ट ह्यामसँगको खेल गुमाउने भएका छन् ।
ह्यामस्ट्रिङ चोटको कारण स्ट्रर्लिङले वेष्ट ह्यामसँगको खेल गुमाउने भएका हुन् । सिटीले आइतबार वेष्ट ह्यामसँग खेल्नेछ ।
इंग्ल्यान्डका २५ वर्षे फरवार्ड स्ट्रर्लिङले गत आइतबार टोटेनहमसँगको खेलमा चोट बोकेका थिए । उक्त खेलमा सिटी २-० ले पराजित भएको थियो ।
यस सिजन स्ट्रर्लिङले २५ लिग खेलमा २३ खेल खेलेका छन् ।
लिगमा सिटी शीर्ष स्थानको लिभरपुल भन्दा २२ अंकले पछि रहेको छ ।