धनगढी । स्टार सिटी युवा क्लब धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा बिहिबार भएको पहिलो सेमिफाइनलमा मनकामना युवा क्लबलाई ३–२ ले हराएर स्टार सिटी उपाधि नजिक पुगेको हो ।
स्टार सिटीको जितमा विक्रम सिंहले दुई गोल गरे । यस्तै राकेश हमालले एक गोल गरे । मनकामनाका लागि कृजल खड्का र सतिश सुवालले एक एक गोल गरे ।
अब उपाधिका लागि स्टार सिटीले सुदुरपश्चिम–११ स्पोर्टस क्लब र पिएफए अत्तरियाबीचको विजेतासँग भिड्ने छ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।