काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य अनिता बस्नेत रहेको सेथु एफसी भारतको हिरो महिला लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बैंगलोर फुटबल स्टेडियममा बिहिबार बरोडा एफसीलाई ६–० गोल अन्तरले पराजित गर्दै सेथु समूह ‘ए’ बाट अन्तिम चारमा पुगेको हो ।
साविक विजेता समेत रहेको सेथुको जितमा सन्ध्याले चार गोल गरिन् । यस्तै कार्तिका र आम्सा भल्लीले एक एक गोल गरिन् ।
यस समूहबाट कृप्सा एफसी यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
मिडफिल्डर अनिता दोस्रो सिजन सेथुबाट खेलिरहेकी हुन् ।