काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र फुटबल क्लब र सरस्वती युथ क्लब प्रतिस्पर्धा गरिरहेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ४० औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन् । रञ्जित धिमालको क्रसमा उनले हेड गोल गरेका थिए ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
मछिन्द्र जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ । सरस्वती पनि जित निकाल्दै रेलिगेशन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।