एजेन्सी । इन्ग्लिश क्लब टोटेनहमले नेदरल्यान्ड्सका फरवार्ड स्टिभन वर्जविजनलाई अनुबन्ध गरेको छ ।
टोटेनहमले युवा फरवार्ड स्टिभनलाई पीएसभीबाट क्लबमा भित्र्याएको हो । स्टिभनले सन् २०२५ सम्म रहने गरि क्लबसँग सम्झौता गरेका छन् ।
२२ वर्षे फरवार्ड यस सिजन पीएसभीबाट १६ खेलमा पाँच गोल गरेका छन् ।
टोटेनहमका मुख्य प्रशिक्षक जोसे मोरिन्होले ह्यारी केनको विकल्पमा स्टिभनलाई अनुबन्ध गरेको हो ।