काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ रहेको टिम पन्जाब एफसीले भारतको आई लिग फुटबलमा जित निकालेको छ ।
बुधबार भएको खेलमा पन्जाबले निरोका एफसीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
पन्जाबले सुरुवाती दुई गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
पन्जाबको जितमा एसियर दिपान्डाले ह्याट्रिक गरे । निरोकाका लागि भरुण टोक्चोम र फिलिप अड्जाहले एक एक गोल फर्काए ।
जितसँगै पन्जाबले १० खेलमा १७ अंक जोडेको छ । र, पन्जाब लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
निरोका ८ खेलमा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।