काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र साविक उपविजेता संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्ल्पेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा मनाङले २-० को अग्रता बनाएको छ ।
खेलको ४२ औं मिनेटमा अमित तामाङको आत्मघाती गोलबाट मनाङले सुरुवाती अग्रता बनाएको थियो । अन्जन बिष्टको हेड बल क्लियर गर्ने क्रममा अमितले आफ्नै पोस्टमा गोल गरेका थिए ।
त्यसको एक मिनेट नबित्दै ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई २-० को अग्रता दिलाए ।
आज लिगको ६१ औं खेलमा दुबै टिम जित निकाल्न चाहन्छ । लिगमा अपराजित रहेको मनाङ संकटाविरुद्ध जित निकाल्दै उपाधि होडमा बलियो बन्न चाहन्छ ।
लिगमा ८ खेल खेलेको संकटाको १२ अंक रहेको छ । ३ जित निकालेको संकटा आठौं स्थानमा छ । मनाङलाई पराजित गरेको खण्डमा संकटा पाँचौं स्थानमा उक्लने छ ।
मनाङ प्लेईङ सेट -
कमल श्रेष्ठ, फ्लोरेन्ट कोने,दिप कार्की, दयानन्द सिंह,आदित्य चौधरी,पुजन उपरकोटी,भिदाल लुइस,फेमी जोसुवा,निशान लिम्बु, अन्जन बिष्ट, बिमल राना
संकटा प्लेईङ सेट -
लक्ष्मन रुचाल,अमित तामाङ,मासोके ओलुमाउ ,विष्णु सुनार सुबास गुरुङ,विनय श्रेष्ठ, राजेन्द्र रावल,अजयी मार्टिन्स,कर्ण लिम्बु,रोमन लिम्बु, रबि सिलवाल