काठमाडौं । सिएमजी क्लबले भारतको गुवाहाटीमा आयोजना हुने छैटौं अन्तराष्ट्रिय भेट्रान फुटबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
युनाइटेड ब्रदर्स क्लबको आयोजनामा हुने च्याम्पियनसिपमा १२ टिमले प्रतिस्पर्धा गर्ने छन् । बिहिबारबाट सुरु हुने च्याम्पियनसिपमा भारतको मनिपुर, कोलकत्ता, बंगलादेश, नयाँ दिल्लीका क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सिएमजी समूह सी मा रहेका छन् ।
च्याम्पियनसिपमा सिएमजी राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा मैदान उत्रने छन् । सिएमजीको टोलीमा नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका पूर्व खेलाडीहरु रहेका छन् ।
सिएमजी यस अघिका दुई संस्करणमा भने सेमिफाइनलसम्म पुगेका थिए । यस संस्करणमा भने टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ ।
'यस संस्उकरणमा उपाधि जित्ने लक्ष्यसहित खेल्नेछौ,' विदाईपछि कप्तान महर्जनले भने ।
च्याम्पियनसिपका लागि सिएमजी क्लबका २० सदस्यीय भेट्रान आजै त्यसतर्फ प्रस्थान गर्ने छन् ।
सिएमजी टोलीलाई बुधबार सिएमजी क्लबका निर्देशक नरेन्द्र शाह, अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष उपेन्द्र मान सिंह, लिग डिरेक्टर तथा पूर्व डीआईजी विज्ञान राज शर्मा लगायतले बिदाई गरे ।
सिएमजी नेपाली भेट्रान टिम :
बाल गोपाल महर्जन (कप्तान)
राजकुमार केसी
राकेश श्रेष्ठ
जिबेश पाण्डे
राजु सिंह महर्जन
सनोज श्रेष्ठ
सरोज थापा
संजय राना मगर
प्रदिप महर्जन
नरेश श्रेष्ठ
सुजित केसी
विजय श्रेष्ठ
पान्डब खाती
दिपक लामा
छन्नु राम चौधरी
नरेन्द्र लिम्बु
भुपेन्द्र लिम्बु
सन्तोष बस्नेत
प्रशिक्षक - राजेश मानन्धर
व्यवस्थापक - जय कृष्ण श्रेष्ठ