एजेन्सी । सिजनको पहिलो एल क्लासिकोको मिति तय भएको छ ।
स्पेनिस लिगमा रियल मड्रिड र बार्सिलोनाबीचको खेल डिसेम्बर १८ मा हुने तय भएको हो ।
पहिलो लेगको एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई आतिथ्यता प्रदान गर्नेछ ।
राजनीतिक आन्दोलनका कारण एल क्लासिकोको पुर्व निर्धारित खेल स्थगित भएको थियो ।
यसअघि, दुवै टिमले अक्टोबर २६ मा वर्नवेउमा तय भएको खेल खेल्न अस्विकार गरेका थिए ।
अब दुवै टिम नाउ क्यापमा क्रिसमस अगाडी सो खेल खेल्नेछन् ।
क्लाटलान आन्दोलन चर्किदा वर्नवेउमा तय भएको खेल स्थगित गरिएको थियो ।