एजेन्सी । इन्ग्लिश क्लब आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेंगर फिफाको ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखमा नियुक्त भएका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार वेंगरलाई ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुख नियुक्त गरेको हो ।
फ्रान्सका प्रशिक्षक वेंगरलाई फिफाको हेडक्वार्टर जुरिचमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले स्वागत गरेका थिए ।
अब ७० वर्षीय वेंगरले विश्वभरको महिला र पुरुष फुटबलको कोचिङ, ट्रेनिङ र फुटबल कोचिङ एजुकेसनको कार्यक्रम हेर्ने छन् ।
ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुख चयन भएपछि वेंगरले यो चुनौतीलाई अघि बढाउन उत्सुक रहेको बताए ।
'म यो महत्वपूर्ण चुनौतीलाई लिएर उत्सुक छु । मलाई विश्वास छ फिफाको यस उदेश्यमा योगदान दिन म सफल हुनेछु र सम्पूर्ण शक्ति खर्चने छु ।
२२ वर्ष आर्सनलको मुख्य प्रशिक्षक रहेका वेंगरले सन् २०१७/१८ को सिजन सकिएपछि क्लब छाडेका थिए ।