काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
एपीएफको हलचोक मैदानमा जारी खेलमा नेपाल १-० ले पछि परेको छ । खेलको १४ औं मिनेटमा माल्दिभ्सले गोल गरेको हो ।
नेपालका रोशन दोङले डिबक्स भित्र फल गरेपछी पाएको पेनाल्टीमा माल्दिभ्सका कप्तान हसन नजिबले गोल गरेका हुन् ।
खेलको तेस्रो मिनेटमा नेपालका मनिष डाँगीले गोल गरेपनि रेफ्रीले अफसाइड दिएको थियो ।
https://www.youtube.com/watch?v=n9kHDGdLsGc