एजेन्सी । बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डी जोङ 'मिडफिल्डर अफ दि सिजन' घोषित भएका छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहिबार डी जोङलाई मिडफिल्डर अफ दि सिजन अवार्ड प्रदान गरेको हो ।
युरोपियन क्लब फुटबलमा गत सिजन उत्कृष्ट मिडफिल्डर घोषित हुँदै डी जोङले अवार्ड जितेका हुन् ।
युईएफएले युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा डी जोङलाई अवार्ड दिएको हो ।
डच क्लब आयाक्सबाट डी जोङले गत सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए । यस सिजन भने डी जोङ बार्सिलोना आएका हुन् ।