एजेन्सी । लिभरपुलका डिफेन्डर भिर्गिल भान डायक 'डिफेन्डर अफ दि सिजन' घोषित भएका छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहिबार डायकलाईडिफेन्डर अफ दि सिजन अवार्ड प्रदान गरेको हो ।
युरोपियन क्लब फुटबलमा उत्कृष्ट डिफेन्डर घोषित हुँदै डायकले अवार्ड जितेका हुन् ।
युईएफएले युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा डायकलाई अवार्ड दिएको हो ।
डच डिफेन्डर डायकले यस सिजन लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए ।